ad ad

समाज


काेराेना संक्रमण : हरिवन नगरपालिकाद्वारा प्रकोप व्यवस्थापन कोष स्थापना

काेराेना संक्रमण : हरिवन नगरपालिकाद्वारा प्रकोप व्यवस्थापन कोष स्थापना

नेपालखबर
चैत १७, २०७६ सोमबार ३:५१,

कोरोना भाइरस (कोभिड-१९) संक्रमणविरुद्ध जुध्न सर्लाहीको हरिवन नगरपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ।

विश्वव्यापी माहामारीको रुपमा फैलियको कोरोना भारस संक्रमण फैलिन नदिन तथा संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रकोप व्यवस्थापन कोष स्थापना गरिएको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँले जानकारी दिए।

कोषमा मेयर प्रसाइँ र उपमेयर रेनुका पौडेलले ५० ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

त्यसैगरी हरिवन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक एक महिनाको पारिश्रमिक र कर्मचारीहरुले एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने मेयर प्रसाइँले जानकारी दिए।

नगरपालिकाले कोषमा स्वइच्छाले रकम जम्मा गर्न पनि हरिवनवासीलाई आह्वान गरेको छ।

12 Hariwon

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .