समाज


नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिमा अनिवार्य गरिँदै

नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिमा अनिवार्य गरिँदै

नेपालखबर
चैत २४, २०८१ आइतबार १७:२३, काठमाडौँ

स्वास्थ्य बिमा बोर्डले वित्तीय जोखिक कम गर्न नेपाल आउने विदेशी नागरिकलाई स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यवस्था गर्ने भएको छ। आइतबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले सबै जनप्रतिनिधि, कर्मचारी, वैदेशिक रोजगारीमा जाने श्रमिक, आमनागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यवस्था मिलाइने बताएका हुन्।

'सबै तहका जनप्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायमा कार्यरत कर्मचारी, सांगठनिक संस्थामा कार्यरत व्यक्तिहरू, वैदेशिक रोजगारमा जाने व्यक्ति र तिनका परिवार, आमनागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेतलाई स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यक्त मिलाइनेछ। जसले गर्दा युनिभर्सल हेल्थ कभरेजको सरकारको नाराले पूर्णता प्राप्त गर्नेछ,' उनले भने।

स्वास्थ्य बिमा बोर्डको वित्तीय जोखिम कम गर्न यो कोसेढुंगा सावित हुने उनको विश्वास छ। 'स्वास्थ्य बिमा बोर्डको वित्तीय जोखिम कम गर्नलाई यो कोसेढुंगा सावित हुने हामीले ठानेका छौँ,' कार्यकारी निर्देशक काफ्लेले भने।

उनले छरिएर रहेका कार्यक्रमलाई एकीकृत गरेर स्वास्थ्य बिमा बोर्ड मातहत ल्याइने पनि बताए। 'प्रदेश सरकार, स्थानीय तहले पनि नागरिकलाई सहज उपचारका लागि सहयोग तथा अनुदान प्रदान गर्दै आएका छन्,' उनले भने, 'यसरी छरिएर रहेका कार्यक्रमलाई एकीकृत गरी स्वास्थ्य बिमा बोर्डअन्तर्गत ल्याइनेछ।'

सबै तहका स्वास्थ्य अनुदानका सेवा एकीकरण गर्न बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच छलफल अगाडि बढाइसकिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad