संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्ने बताएका छन्।
आइतबार ललितपुरमा ललितपुर महानगरपालिका-१६ पाटन दरबारस्थित जिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा विविधतापूर्ण संस्कृति र प्रकृति रहेको भन्दै यसलाई विश्वमा प्रचार गर्न जरुरी रहेको बताए।
‘हाम्रो विविधतापूर्ण संस्कृति छ। यो विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति हामीले निर्वाह गर्नुपर्ने भुमिका आफ्नो आफ्नो ठाउँमा हामी निर्वाह गर्दछौँ। त्यसैगरी हाम्रो प्रकृति पनि विविधतापूर्ण प्रकृति छ। हिमालदेखि समुद्र सबैभन्दा होचो सतह, जम्मा ६०—७० मिटर सतहमा भएको केचनकवलसम्म हिमाल, पहाड, तराई, सबै किसिमले जडिबुटी, जंगल, जल सबै दृष्टिकोणले पनि हामी विविधतापूर्ण प्रकृतिले ओतप्रोत छौँ,' उनले भने, 'हामीसँग त्यस्तै संस्कृति, चाडपर्व, खानपान, विभिन्न परिकारहरू छन्। यो अभौतिक सम्पदा, भौतिक र अभौतिक स्म्पदालाई जोडेर, जोगाएर नेपाललाई एउटा खुला संग्रहालय जस्तो, सिंगो नेपाललाई एउटा खुला संग्रहालय जस्तो, सिंगो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रुपमा लिएर जानुपर्नेछ।’
Shares

प्रतिक्रिया