समाज


अर्घाखाँचीमा मध्यराति जिप दुर्घटना, चालकसहित २ युवाको मृत्यु, थप २ घाइते

राति १२ बजेतिर जिप दुर्घटना भए पनि प्रहरीलाई बिहान ३ बजेतिर मात्रै खबर
अर्घाखाँचीमा मध्यराति जिप दुर्घटना, चालकसहित २ युवाको मृत्यु, थप २ घाइते

घाइते र मृतकको उद्धारमा खटिँदै प्रहरी


नेपालखबर
चैत २४, २०८१ आइतबार ७:२७, काठमाडौँ

अर्घाखाँचीमा गएराति जिप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ। 

मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा गएराति करिब १२ बजेतिर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक जगन्नाथ अधिकारीले जानकारी दिए। 

मृत्यु हुनेमा जिप चालक मालारानी गाउँपालिका- ४ का २२ वर्षीय दिलिप खनाल र सोही ठाउँका २१ वर्षीय बालकृष्ण रिजाल छन्।

‘दुर्घटनामा साेही ठेगानाका १७ वर्षीय भुवन पोखरेल, १७ वर्षकै वसन्त पोखरेल घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ,’ इन्सपेक्टर अधिकारीले नेपालखबरसँग भने, ‘राति करिब १२ बजेतिर जिप दुर्घटनामा परेको अनुमान हामीले गरेका छौँ। तर, हामीलाई दुर्घटनाको खबर आज बिहान साढे ३ बेतिर मात्रै आएको हो।’

नजिकै घरहरु नभएकाले दुर्घटनाको खबर प्रहरीलाई समयमै नपुगेको उनले बताए।  ‘दुर्घटनास्थल नजिकै मालारानी गाउँपालिकाको कार्यालय मात्रै छ, तर त्यहाँ पनि मान्छे बस्दा रहेनछन्,’ उनले भने। 

मालारानी–३ लुटीपोखरीबाट मालारानी–४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटनामा परेको हो। जिप सडकबाट झण्डै दुईसय मिटर तल खसेको छ। 

दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा सात जना प्रहरी टोली घटनास्थलमा पुगेका थिए। 

दुर्घटनामा गम्भीर घाइते भएका खनाल र रिजाललाई जिल्ला अस्पताल सन्धिखर्क पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका अधिकारीले बताए। घाइते दुई जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad