ad ad

समाज


दशगजामा अलपत्र नेपालीलाई प्रवेश गर्न दिइने, अन्य देशका लागि प्रतिबन्ध कायम

दशगजामा अलपत्र नेपालीलाई प्रवेश गर्न दिइने, अन्य देशका लागि प्रतिबन्ध कायम

नेपालखबर
चैत १६, २०७६ आइतबार १२:१५,

नेपाल–भारत सीमा नाकामा अलपत्र परेका नेपालीलाई प्रवेश गर्न दिइने भएको छ।

आइतबार बसेको उच्चस्तरीय समितिको बैठकले उनीहरुलाई नेपाली भएको परिचय पत्रका आधारमा प्रवेश गर्न दिइने निर्णय गरेको हो। तर उनीहरु नेपाल फर्किएपछि सरकारले तोकेको स्थानमा क्वारन्टिनमा बस्नु पर्नेछ।

भारतीय प्रहरीले पठाए पनि नेपाल प्रवेशमा रोक लगाइएका कारण सयौं नेपाली दशगजामा अलपत्र परेका छन्।

विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई भने सरकारले तत्काल नेपाल फर्किन नदिने भएको छ। उनीहरुलाई अहिलेकै ठाउँमा सुरक्षित साथ बस्न आग्रह गरेको छ। बरु उनीहरुका लागि आर्थिक जोहोको व्यवस्था गर्ने भएको छ।

उनीहरुका लागि आवश्यक रकम अविभावक मार्फत नेपाल राष्ट्र बैंकले पठाइदिने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .