सिरहामा क्रियाशील पत्रकार मुकेश यादवलाई पहिचान नखुलेका व्यक्तिहरूले कुटपिट गरी घाइते बनाएकोप्रति ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले जनाएको छ।
महासंघ सिरहा शाखाका अनुसार चैत्र २० गते बुधबार साँझ ७ बजेको समयमा घर जाँदै गर्दा पत्रकार यादवमाथि आक्रमण भएको थियो। आक्रमणबाट घाइते भएका पत्रकार यादवको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको शाखाले जनाएको छ।
‘जुनसुकै बहानामा भए पनि यो आक्रमण अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो’ महासचिव रामप्रसाद दाहालद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ, ‘महासंघ यस्ता हर्कतमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन तथा घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ।’

प्रतिक्रिया