बारामा ट्रकको ठक्करबाट १८ महिनाकी बालिकाको ज्यान गएको छ।
शुक्रबार बिहान जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित सडकमा ग.१ क ५१०६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने कृष्ण कुमार गुप्ताकी छोरी आकृतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बयोधा हस्पिटल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
72
Shares

प्रतिक्रिया