काठमाडौँको महाबौद्ध क्षेत्रबाट एक चिनियाँ महिलालाई प्रहरीले झण्डै २१ लाख नगदसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तिब्बत स्थायी वतन तथा सुजा ३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध, बस्ने वर्ष २६ की रिक्सि वाङमो रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
२० लाख ९२ हजार नगदसहित फेला परेकी उनलाई काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उनको साथबाट १००० दरको नोट थान ११८३ थान, ५०० दरको नोट थान १८१८ थान तथा आईफोन कम्पनीको मोबाइल थान–१ बरामद भएको प्रहरीले जनाएको छ।
327
Shares

प्रतिक्रिया