काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका लागि धमाधम काम भइरहेको छ।
सरकारले २०८२ वैशाख २४ सम्म काम सक्न समयसीमा दिएको छ।
फ्लड लाइट निर्माणको जिम्मा विशन–ईश्वरी जेभीले पाएको छ। तालिकाअनुसार नै काम भइरहेको उसले बताएको छ।
मैदनामा ६ वटा फ्लड लाइटका पोल रहनेछन्। एउटा पोलमा १६ सयदेखि २ हजार वाटका ७० देखि ८५ वटासम्म लाइट रहने छन्।
यस्तै प्यारापिट निर्माणको जिम्मा बीकेओआई निर्माण कम्पनीले लिएको छ।
सहरी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्डको फ्लड लाइट र प्यारापिट निर्माणका लागि ठेक्का दिएको हो। १० हजार दर्शक अट्ने प्यारापिट निर्माण हुनेछ।















भिडिओ/तस्बिर: सरोज नेपाल/सौगात दाहाल
चैत ३०, २०८१ शनिबार ७:४३

प्रतिक्रिया