समाज


शिक्षकलाई धन्यवाद दिँदै बालेनले भने : हामीले खोजेको जरिवाना होइन, चेतना हो

शिक्षकलाई धन्यवाद दिँदै बालेनले भने : हामीले खोजेको जरिवाना होइन, चेतना हो

नेपालखबर
चैत २०, २०८१ बुधबार २०:३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालन्द्र शाह (बालेन) ले शिक्षकहरूलाई धन्यवाद दिएका छन्।

बुधबारदेखि राजधानी केन्द्रित आन्दोलन सुरु गरेका शिक्षकहरूले फोहोर नगरिकन कार्यक्रम गरेको भन्दै बालेनले धन्यवाद दिएका हुन्।

उनले काठमाडौँ महानगरले जरिवाना नभइ चेतना खोजेको र त्यसमा शिक्षकको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गरेका छन्।

‘प्रिय शिक्षकहरू, तपाईंहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केही नभत्काइ गरि दिनुभयो, धन्यवाद। हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो। सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो। यही शिक्षा तपाईंले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ। तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईंहरूको त झन् ठूलो जिम्मेवारी र भूमिका छ यसमा।’

आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिन पनि बालेनको आग्रह छ।

उनले गाउँ गाउँमा सिंहदरबार भन्ने नारा पुगेपनि अधिकार नपुगेको उल्लेख गरेका छन्। अब आन्दोलन गर्न काठमाडौँ आउन नपरोस् भन्ने कामना पनि बालेनको छ।

उनले लेखेका छन्, ‘गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो। आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad