ग्लोबल


म्यानमार भूकम्पमा मृत्यु भएकाको संख्या २८०० नाघ्यो

म्यानमार भूकम्पमा मृत्यु भएकाको संख्या २८०० नाघ्यो

भूकम्पका कारण म्यानमारमा नभत्के पनि लड्ने अवस्थामा रहेका भवन।


नेपालखबर
चैत २०, २०८१ बुधबार २०:२१, काठमाडौँ

म्यानमारमा चैत १५ गते गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २,८८६ पुगेको त्यहाँको सैन्य सरकारले बुधबार दिएको छ। 

भूकम्पमा घाइते हुनेको संख्या ४,६३९ पुगेको छ भने ३७३ जना अझै बेपत्ता छन्। राहत र उद्धार जारी छ।

मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

गत मार्च २८ मा म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प जाँदा छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो। त्यहाँ भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता छन्।

७.७ म्याग्निच्युडको भूकम्प गएको १२ मिनेटपछि फेरि म्यानमारमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad