समाज


नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

३ प्रदेशको मौसम आंशिक बदली
नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०८१ मंगलबार ८:०, काठमाडौँ

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

जसको प्रभाव स्वरुप यतिबेला (मंगलबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो पनि कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको मौसम आंशिक बदली रहने छ। देशका बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

आज कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावनासमेत रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। 

आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad