समाज


कोरोनाबाट कर्मचारी र स्वास्थ्यकर्मीको मृत्यु भए १० लाख राहत

कोरोनाबाट कर्मचारी र स्वास्थ्यकर्मीको मृत्यु भए १० लाख राहत

नेपालखबर
चैत १६, २०७६ आइतबार ३:९,

ललितपुरको गोदावरी नगरपालिकाले काममा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीको कोरोना सक्रमणको कारण मृत्यु भए पीडित परिवारलाई १० लाख उपलब्ध गराउने निर्णय गरेको छ।

नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड-१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई १० लाख उपलब्ध गराउने निर्णय गरेको हो।

नगरपालिका प्रमुख गजेन्द्र महर्जनले कोरोना संक्रमण हुन सक्ने जोखिम न्यूनीकरणका लागि सो योजना अघि बढाइएको बताए।

‘हाल कोरोना भइरसका कारण पूरै देश लकडाउन भइरहेको अवस्थामा यसको उपचार, रोकथाम, जनचेतना फैलाउने कार्यमा नगर क्षेत्रभित्र खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायत कोही यो रोगबाट सङ्क्रमित भई उपचार गर्नुपरेमा हामीले निःशुल्क उपचार गर्ने समेत निर्णय गरेका छौँ,’ मेयर महर्जनले भने।

मुलुकमा लकडाउन अवधिभर स्वास्थ्य चौकीमा कर्तव्य निर्वाह गर्ने स्वास्थ्यकर्मी र टोलटोलमा खटाइएका स्वास्थ्यकर्मीलाई एक महिनाको २५ लिटरका दरले इन्धन दिने निर्णय पनि नगरपालिकाले गरेको छ।

यसैगरी गोदावरीले आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई प्रतिदिन ५०० का दरले प्रोत्साहनभत्ता उपलब्ध गराउने निर्णय गरेको महर्जनले जानकारी दिए।

दिनानुदिन बढिरहेको जोखिमलाई न्यूनीकरण गरी नगरवासीलाई सुरक्षित राख्न अत्यावश्यक कामका लागि प्रत्येक वडालाई दुई लाख बराबरको खर्च दिने निर्णयसमेत नगरपालिकाले गरेको छ।

यसैगरी लकडाउनको समयमा अपाङ्गता भएका महिला, छ महिनासम्मको सुत्केरी, दैनिक ज्याला मजदुरी गरी यसैबाट जीवन निर्वाह गर्न बाध्य श्रमिक तथा मजदुर र एकल महिलाको विवरण सङ्कलन गरी विशेष राहत प्याकेज ल्याउने निर्णय गरिएको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .