समाज


यी हुन् रवीन्द्र र धवल शमशेरसहित पक्राउ परेका ४१ जना, कसलाई कुन मुद्दा?

यी हुन् रवीन्द्र र धवल शमशेरसहित पक्राउ परेका ४१ जना, कसलाई कुन मुद्दा?

नेपालखबर
चैत १७, २०८१ आइतबार २०:३७, काठमाडौँ

जिल्ला प्रहरी परिसर, काठमाडौँले तीनकुने घटनामा आपराधिक गतिविधि गरेको आरोपमा ४१ जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको छ।

जिल्ला अदालत काठमाडौँले शुक्रबारयता पक्राउ परेका सबैलाई मंगलबारसम्म थुनामा राख्न पहिलोपटक अनुमति दिएको छ। अब प्रहरीले थप हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार पुनः अदालतमा उपस्थित गराउनुपर्नेछ।

पक्राउपर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जना छन्। पहिलोपटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीनवटा कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।

उनीहरूले चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा अराजक गतिविधि गरेका थिए।

प्रसाईंसहितले संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरी माथि ढुङ्गामुढा गरेको, आफैँले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

म्याद थपका लागि अदालतसँग अनुमति माग गर्दै प्रहरीले आम सर्वसाधारणहरूको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समेतका सुरक्षाकर्मीहरूलाई समेत ढुङगा, लाठी, फलामका रड, घरेलु हतियार समेतले प्रहार गरेको दाबी गरेको छ।

यस्तै सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरूलाई घाइते बनाएको, सर्वसाधारण मानिसहरूको घर, निजी सम्पत्ति, संचार गृहहरूको भवन, विभिन्न राजनैतिक दलहरूको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरू, व्यापारीक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील र अति प्रज्वलनशील पदार्थ इन्धन भण्डारण रहेको स्थल, नागरिक उड्डयन प्राधिकरणको कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउन्डमा समेत तोडफोड र आगजनी गरेको आरोप छ।

आपराधिक गतिविधि गर्दा घरमा रहेका नगद, जिन्सी सरसामानहरूमा क्षति पुर्‍याई, लुटपाट तथा आपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरूमा समेत आगजनी गरी आतङ्कित पारेको र पूर्वयोजना अनुसार संगठित तवरले आपराधिक घटना घटाएको भन्दै प्रहरीले तीनवटा मुद्दामा अनुसन्धान गर्न अनुमति माग गरेको छ।

साथै, तीनकुनेस्थित एउटा घरमा भित्र मानिस छ भन्ने कुरा थाहा जानकारी हुँदाहुँदै सञ्चारकर्मी प्रस्ट रूपमा देखिने गरी रिपोर्टिङ गरिरहेको अवस्थामा आगो लगाई ज्यान लिएको समेत प्रहरीले अदालतसमक्ष पेस गरेको छ।

यी आधारमा उनीहरूमध्ये ११ जनालाई तीन कसुरमा र बाँकी ३० जनालाई दुईवटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग गरेको छ।

कसलाई कुन मुद्दा ?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad