समाज


कैलालीमा भारतीय चढेको ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, २७ जना घाइते

कैलालीमा भारतीय चढेको ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, २७ जना घाइते

नेपालखबर
चैत १६, २०८१ शनिबार २०:१८, काठमाडौँ

हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा आज भारती नंको ट्याक्टर  दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा भारत, उत्तरप्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुस बर्मा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। दुर्घटनामा २७ भारतीय नागरिक घाइते भएका छन्। तीमध्ये तीन जनालाई बढी चोट लागेको उनले बताए।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर  अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो। चालक फरार छन्। ट्याक्टरको नं खुल्न सकेको छैन। बेहडाबाबालाई सीमापारीका भारतीय नागरिकले कुलदेवताको रूपमा पुज्ने गर्छन्।

ट्रलीमुनी च्यापिएका मृतक बालकको शव निकालिएको छ। घाइतेहरूलाई प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धारगरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad