कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट भएको छ।
शुक्रबार राजवादी समूहले गरेको आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट तथा तोडफोड भएको हो।
त्यसक्रममा प्रदर्शनकारीले पार्किङमा राखिएका गाडीहरुमा पनि तोडफोड गरेका छन्।
तीनकुनेमा राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह भाटभटेनीमा लुटपाट गर्नुका साथै गाडीमा आगजनी गर्दै हिँडेको हो।
उनीहरूले सुपरमार्केटका सामान बाहिर निकालेर आगजनी गरिदिएका छन् भने कैयौँले फलफूल, खाद्यान्न लगायत घरायसी सामग्री लैजाँदै गरेको देखिन्थ्यो।
27
Shares

प्रतिक्रिया