ad ad

समाज


कोरोनाभाइरसका कारण विश्वभर कन्डम अभाव

कोरोनाभाइरसका कारण विश्वभर कन्डम अभाव

नेपालखबर
चैत १५, २०७६ शनिबार ९:२९,

मलेसियाको कारेक्स बीएचडी कम्पनी विश्वमा सबैभन्दा बढी कन्डम उत्पादन गर्ने कम्पनी हो।

विश्वका प्रत्येक पाँचमध्ये एक कन्डम यसै कम्पनीले निर्माण गर्दै आएको छ।

हाल मलेसिया लकडाउन गरिएको छ। त्यहाँका सबै उद्योग तथा कम्पनी बन्द हुँदा बीएचडी कम्पनी पनि ठप्प छ।

विश्वभरका कन्डम कम्पनी ठप्प हुँदा यतिबेला विश्वभर कन्डमको अभाव देखिएको द गार्जियनले उल्लेख गरेको छ।

बीएचडी कम्पनी बन्द हुँदा हालसम्म १० करोड कन्डम निर्माणमा कमी आएको छ। बेलायतको कन्डम निर्माता कम्पनी डुरेक्स पनि हाल लकडाउनका कारण संचालनमा आएको छैन।

शुक्रबारदेखि भने ५० प्रतिशत कामदार राखेर बीएचडीलाई कन्डम उत्पादनको अनुमति दिइएको छ।

कारेक्स बीएचडीका कार्यकारी प्रमुख गो मिया केट भन्छन्,‘आधा जनशक्तिले कामगर्दा हामीलाई बजारको माग पूर्ति गर्न समय लाग्छ।’

‘विश्वभर अहिले कण्डमको अभाव देखिएको छ, जुन डरलाग्दो छ,’ उनले भने, ‘यो अभाव दुई साता वा एक महिना मात्रै हुने देखिँदैन, महिनौं हुनसक्छ।’

मलेसियामा अप्रिल १४ सम्म लकडाउन गरिएको छ। त्यहाँ हालसम्म २१ सय ६१ जना कोरोनाबाट संक्रमित छन् भने २६ को मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .