समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शनले काठमाडौँका सडकमा सार्वजनिक यातायात ठप्पप्रायः छ। सडकमा नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चाका नेता कार्यकर्ता र राजावादी समर्थक देखिएका छन्।
अहिले एसईई परीक्षा पनि जारी छ। परीक्षा दिएर निस्किएका विद्यार्थीहरू सवारी नचल्दा अप्ठ्यारोमा परेका छन्। उनीहरू हिँडेरै टाढाको गन्तव्यतर्फ जान बाध्य भएका छन्।
यद्यपि काठमाडौँ महानगरले आज बिहान ढिला गरी विद्यालयबाट घर जान र घरबाट विद्यालय जान समस्या परे सम्पर्क गर्न आग्रह गरेको थियो।
ढिला गरी महानगरको सूचना जारी भएकोले सबै विद्यार्थीले यसबारे थाहा पाएका छैनन्।
समाजवादी मोर्चाले काठमाडौँको रत्नपार्क क्षेत्र र राजावादीले तीनकुने क्षेत्रमा प्रदर्शन गर्दैछन्।





429
Shares

प्रतिक्रिया