समाज


लोसपानिकट पत्रकार संघको संयोजकमा वर्मा

लोसपानिकट पत्रकार संघको संयोजकमा वर्मा

नेपालखबर
चैत १४, २०८१ बिहिबार २२:९, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)निकट पत्रकारको संस्था लोकतान्त्रिक पत्रकार संघको तदर्थ समिति गठन गरिएको छ। सर्लाहीका कामेन्द्र वर्माको संयोजकत्वमा २१ सदस्यीय समिति गठन भएको हो।

समितिको सदस्यमा गोरखाकी कुसुम भण्डारी, सर्लाहीका चन्द्रमोहन चौधरी, बाराका अनिल वर्मा, बाराका विजेन्द्रकुमार चौधरी, सिरहाका रानी पाल, महोत्तरीका संजीवकुमार झा, मोरङका शिवम् मिश्र, सप्तरीका अशोककुमार झा, सप्तरीकै सतिशकुमार चौधरी, सर्लाहीका कृष्णमुरारी मिश्र सदस्य रहेका छन्।

त्यस्तै काठमाडौँका देवानन्द झा, रौटहटका दिलिप पाण्डे, रौतहटकै राधेश्याम साह, पर्साका मुकेशकुमार साह, पर्साकै रेयाज आलम मुकेरी, धनुषाका विपेन्द्रकुमार साह, रुपन्देहीका विरु कहार, रुपन्देहीकै हृदयराम गुप्ता, सुनसरीका देवराज यादव, महोत्तरीका विजयकुमार झा सदस्य छन्।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले संघको नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन्।  ‘देश, मधेस एवं पार्टीको हितममा यहाँको कार्यकाल उपलब्धि मुलक हुनेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछौं’ ठाकुरले भनेका छन्।

पार्टीको संशोधित विधानअनुसार वर्मा संघको संयोजकमा नियुक्त भएका हुन्। यसअघि जसपाबाट विभाजन भई गठन भएको लोसपाको पत्रकारको संगठन थिएन्। पत्रकार संघको गठन गरेको लोसपाले देशैभरी संगठन निर्माणसँगै पत्रकारको हकहितमा काम गर्न निर्देशन समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad