कारोबार


अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

नेपालखबर
चैत १५, २०८१ शुक्रबार ५:१५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ। अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

विगत केही दिनदेखि धेरैजसो विदेशी मुद्राको विनियमदर घटिरहेको थियो। केही दिनदेखि घट्दै आएका अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारको मूल्य आज केही बढेको हो। 

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा छ। हिजो युरो १ को खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा  थियो। 

त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३७ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४६ र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५६ र बिक्रीदर ८६ रुपैयाँ ९४ पैसा  थियो। 

त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ छ। हिजो कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ६८ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५४ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad