ललितपुर महानगरपालिकाले रोकिएको प्रधानाध्यापक नियुक्ति प्रक्रिया अबको २१ दिनभित्र सुरु गर्न निर्देशन दिएको छ।
महानगरपालिकाको शिक्षा महाशाखाले बिहीबार एक सूचना जारी गरेर सबै सामुदायिक विद्यालयहरूलाई प्रधानाध्यापकको करार नियुक्ति प्रक्रिया थाल्न निर्देशन दिएको हो।
महानगरपालिकाले विद्यालय शिक्षा सञ्चालन व्यवस्थापन तथा नियमनका सम्बन्धमा बनेको शिक्षा कार्यविधि २०७६ को परिच्छेद ११ को दफा ६७ बमोजिम प्रधानाध्यापक छनोट गर्न पटक-पटक सूचना गरिएकोमा केही विद्यालयहरूले हालसम्म पनि प्रधानाध्यापक छनोटको प्रक्रिया अगाडि नबढाएको पाइएको जनाएको छ।
‘केही विद्यालयहरूले प्रक्रिया सुरु गरे तापनि प्रअ छनोट कार्य सम्पन्न गरेको नदेखिएकोले अविलम्ब प्रक्रिया शुरु गर्न पुनः ताकेता गरिएको छ, साथै यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रक्रिया सुरु गर्नु हुनसमेत निर्देशानुसार अनुरोध छ,’ सूचनामा उल्लेख छ।

Shares

प्रतिक्रिया