नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी भिसा लिनका लागि गलत विवरण वा नक्कली कागजात पेस गरेमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धका साथै आपराधिक मुद्दा लाग्न सक्ने चेतावनी दिएको छ।
अमेरिकी दूतावासले बुधबार सूचना जारी गरी अमेरिकी भिसा हत्याउने धुनमा गलत विवरण नदिन सचेत गराएको हो।
जारी सूचनामा भनिएको छ, ‘के तपाईंलाई थाहा छ? कन्सुलर अधिकृतहरू ठगी र नक्कली कागजातसम्बन्धी पछिल्ला घटनाका प्रवृत्ति र प्रविधिका बारे जानकारी राख्छन्। यदि तपाईंले गलत विवरण दिनुभयो वा नक्कली कागजात पेस गर्नुभयो भने तपाईं स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धित तथा आपराधिक मुद्दाको जोखिममा पर्नुहुन्छ।’
हर्नुहोस् अमेरिकी दूतावासको सूचना-
— U.S. Embassy Nepal (@USEmbassyNepal) March 26, 2025के तपाईंलाई थाहा छ? कन्सुलर अधिकृतहरू ठगी र नक्कली कागजातसम्बन्धी पछिल्ला घटनाका प्रवृत्ति र प्रविधिका बारे जानकारी राख्छन्। यदि तपाईंले गलत विवरण दिनुभयो वा नक्कली कागजात पेश गर्नुभयो भने तपाईं स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धित तथा आपराधिक मुद्दाको जोखिममा… pic.twitter.com/yQFSpu5OEu
Shares

प्रतिक्रिया