नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन्। यस्तै, प्राधिकरणबाट हटाइएका कुलमान घिसिङलाई पनि पदबाट हटाएको पत्र दिइएको छ।
ऊर्जसचिव सुरेश आचार्यले हितमान शाक्यले कार्यकारी निर्देशकको पदबहाली गरिसकेको र कुलमानलाई पनि पत्र दिइएको जानकारी दिए।
‘दुवै जनालाई पत्र दिइएको छ। हितमान शाक्यले पद बहाली गरिसक्नुभएको छ’ सचिव आचार्यले भने, ‘कुलमानलाई पनि पदबाट हटाएको पत्र दिइसकेका छौँ।’
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।






384
Shares

प्रतिक्रिया