समाज


सँगै रक्सी खाए, मोबाइल हराएपछि साथीलाई पिटेर ज्यान लिए

सँगै रक्सी खाए, मोबाइल हराएपछि साथीलाई पिटेर ज्यान लिए

नेपालखबर
चैत १२, २०८१ मंगलबार १९:३४, काठमाडौँ

भक्तपुरमा अचेत अवस्थामा भेटिएका व्यक्तिलाई उनकै साथीहरूले कुटपिट गरेको खुलेको छ। प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेपछि घटनाको बारेमा खुलेको हो। 

फागुन २७ गते बिहान भक्तपुरको मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीबाट मगरगाउँ जाने सडकको छेउमा एक पुरुष अचेत अवस्थामा लडिरहेका थिए। 

स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले सुरुमा कोरियन अस्पताल भक्तपुर लगेको थियो। त्यसपछि उनलाई ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो। 

सुरुमै घटना संकास्पद देखिएको र चिकित्सकले पनि कुटपिटबाट मृत्यु भएको हुनसक्छ भनेपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी थालेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज नेउपानेले बताए। सुरुमा सनखत हुन नसकेका मृतक पनि भक्तपुरको ठिमी नगरपालिका ६ बस्ने ३२ वर्षका लक्ष्मण खड्का रहेको खुलेकोक थियो।

प्रहरीले घटनामा संलग्नहरूको खोजि गरिरहेको थियो। उनीजस्तै कबाडी संकलन गरिहिड्ने सर्लाहीको लालबन्दी नगरपालिका ९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुलीको तीनपाटन गाउँपालिका ३ चकमकेका २४ वर्षका अनिश तामाङको संलग्नता पाइएको प्रहरीको दाबी छ। प्रहरीले दुवै जनालाई पक्राउ गरेर पहिलो पटक कर्तव्य ज्यानको कसुरमा अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ। 

पक्राउ परेका आरोपितले सँगै रक्सी खाएको र त्यसपछि मोवाइल हराएको बताएका छन्। त्यही विषयमा विवाद हुँदा कुटपिट गरेर हिडेको त्यसपछि के भयो भन्ने आफूहरूलाई थाहा नभएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad