समाज


सय रुपैयाँ खोस्दा ओमप्रकाशको हत्या

सय रुपैयाँ खोस्दा ओमप्रकाशको हत्या

नेपालखबर
चैत १२, २०८१ मंगलबार १९:३, काठमाडौँ

भक्तपुरको बोडेस्थित निलबाराही जंगलमा मृत भेटिएका पुरुषको हत्या एक सय रुपैयाँको विवादले भएको खुलेको छ। चैत ९ गते बेलुका खोटाङको केपिलासगढी गाउँपालिका २ बाक्सिला घर भई हाल भक्तपुरको बोडेस्थित कमलपोखरी बस्ने ६६ वर्षका ओमप्रकाश राईको हत्या भएको थियो। 

खाली बोतल र प्लास्टिक (कबाडी) टिप्ने राई पिक्निक स्थलमा भोलिपल्ट बिहान मृत फेला परेका थिए। उनको टाउकोमा चोट देखिएको थियो भने घटनास्थल रगताम्य थियो।

हत्या आशंकामा अनुसन्धान थालेको प्रहरीले सोमबार रोल्पाको परिवर्तन गाउँपालिका ६ घर भएका ५७ वर्षाका हिमाल बुढा मगरलाई पक्राउ गरेको छ। उनले ढुंगाले टाउकोमा प्हार गरी हत्या गरेको स्वीकार गरेको पनि भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी ढुण्डिराज  नेउपानेले बताए।

घटनाको दिन हिमाल र ओमप्रकाशले सुरुमा सँगै रक्सी खाएका थिए। रक्सी खाएर डेरामा फर्किने क्रममा आफ्नो गोजीमा भएको एक सय रुपैयाँ ओमप्रकाशले खासेर लगेको र फिर्ता माग्दा पनि नदिएको हिमालले प्रहरीलाई बताएका छन्।

उनको मुट्ठीमा रहेको सय रुपैयाँ जति खोस्न खोज्दा पनि नसकेपछि ढुंगाले टाउकामा पटक-पटक हानेर आफू त्यहाँबाट सुत्न गएको बयान दिएका छन्। 

भोलिपल्टदेखि पनि कबाडी संकलन गर्दै हिँडेका उनलाई ओमप्रकाशको मृत्यु भएको थाहा नभएको बताएका छन्। काठमाडौँको कागेश्वरी नगरपालिका ६ मुलपानी पाटीटारबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो। थप अनुसन्धान प्रहरी वृत्त ठिमीबाट भइरहेको पनि डीएसपी नेउपानेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad