समाज


सबै मिलेर हिमनदी संरक्षण गर्नुपर्छ : मन्त्री यादव

सबै मिलेर हिमनदी संरक्षण गर्नुपर्छ : मन्त्री यादव

नेपालखबर
चैत ९, २०८१ शनिबार १९:४९, काठमाडौँ

खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनले हिमनदीका साथै मौसममा प्रतिकूल असर गरी खानेपानी, कृषि, जल विद्युतलगायत क्षेत्र पनि प्रभावित भइरहेकाले सबै मिलेर हिमनदीको संरक्षण गर्न जरुरी रहेको बताएका छन्।
 
विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन) द्वारा आयोजित ‘दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानी’ विषयक गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तका कारण हिमनदीमा परेको असरले मुलुकमा खानेपानी, कृषि, जलविद्युतलगायत क्षेत्र प्रभावित भइरहेकाले हिमनदीको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गरे।

मन्त्री यादवले भने, ‘पानी जीवनको आधार हो। पानीबिना कुनै पनि जीवित प्राणीको अस्तित्व सम्भव छैन। यसर्थ हिमनदीको संरक्षण गर्न जरुरी छ। यसमा तीनै तहका सरकार, सरोकार भएका निकाय, आमनागरिक सबैको सहयोग आवश्यक पर्दछ।’ संविधानले प्रत्याभूत गरेको मौलिक हकअनुसार स्वच्छ खानेपानी र सरसफाईको सुनिश्चितता गर्न खानेपानी मन्त्रालय कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे।

मन्त्री यादवले स्वच्छ खानेपानी, सरसफाई र वातावरण स्वच्छताको सुनिश्चितता भनेको नागरिकको मौलिक हक मात्र नभई सामाजिक न्याय, सार्वजनिक स्वास्थ्य, आर्थिक समृद्धि र वातावरणीय सन्तुलनको मुख्य आधार भएको बताए। सङ्घीय सरकारले ‘एक घर, एक धारा’ र ‘जनताको पानी सरकारको लगानी’ जस्ता नीति अघि बढाएकाले खानेपानीको पहुँच विस्तारमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका मन्त्री यादवले विश्वास व्यक्त गरे 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad