समाज


गाँजासहित एकजना पक्राउ

गाँजासहित एकजना पक्राउ

नेपालखबर
चैत ९, २०८१ शनिबार १९:१४, काठमाडौँ

चार सय ७७ किलो गाँजासहित जिल्ला प्रहरी कार्यालयले एकजनालाई पक्राउ गरेको छ। कार्यालयका अनुसार जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनिया चोकमा प्रहरीले उक्त परिमाणको गाँजासहित मिनीट्रक र चालकलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मधेस प्रदेश ०३–००२ ख २५२० नम्बरको मिनीट्रक जाँच गर्दा ३४ वटा प्लास्टिकले बेरिएको पोकामा लुकाएर ल्याउँदै गरेको अवस्थामा गाँजा फेला पारेको जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए। 

प्रहरी आज पत्रकार सम्मेलन गर्दै बरामद गरिएको गाँजा, मिनीट्रक र पक्राउ परेका चालक मकवानपुर पालुङ नगरपालिका–२ फाँटबजार बस्ने २४ वर्षीय सञ्जिव सिन्तानलाई सार्वजनिक गरेको छ।

यसैगरी, धनुषाको मुसहर्निया गाउँपालिका–६ बैरिया टोल बस्ने भजु यादवको गोठमा भन्सार छली गरी लुकाएर राखिएको रु १९ लाख ६२ हजार पाँच सय मूल्य बराबरको जुत्ता, मोबाइलको टेम्पर ग्लास, एयरफोन र चार्जर बरामद गरिएको प्रहरीले जनाएको छ। 

जनकपुरधाम उपमहानगरपालिका–४ कदम चोकस्थित शिवम् साहको डेराबाट रु नौ लाख ८० हजार एक सय २० सहित विभिन्न बैंक खाताको चेकबुक २४ थान, विभिन्न बैंकमा नगद जम्मा गरेको बैंक भौचर ८० थान, सात थान मोबाइल, मोटरसाइकल एक थानसहित अन्य सामाग्री बरामद गरिएको प्रहरी प्रमुख तिवारीले जानकारी दिए।

यस्तै, जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय रवी साह र जनकनन्दिनी गाउँपालिका–२ बस्ने २२ वर्षीय अब्दुलकवारी शेखसँग रु नौ लाख नगद, दुई थान मोबाइल र एक थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad