समाज


सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ

सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ

नेपालखबर
चैत ८, २०८१ शुक्रबार २०:२४, काठमाडौँ

सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेका छन्।

औरही गाउँपालिकाका ५ का दीपक मल्लिकको घर भत्काएको आरोपमा शुक्रबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस्तै पूर्ववडाध्यक्ष दिलिप यादवलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डितले बताए।

दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा लगेर प्रहरीले सोधपुछ थालेको छ।

शुक्रबार बिहान यही घटनाका कारण सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छ। कपिलवस्तुमा कार्यरत विश्वप्रकाश अर्याललाई सिराहा खटाइएको छ।

गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन समेत दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad