अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार आकाशदीप सिंहसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले कागजात नभएको मोटरसाइकल चलाउँदै आएका सुनिल न्यौपानेसँग घुस लिएको भन्दै सिंह र घुस दिने न्यौपाने दुवैलाई नियन्त्रणमा लिएको हो। जरिवाना बापतको रु दुई सयको चिट हवल्दार सिंहले काटेको अनुसन्धानबाट खुलेपछि उनीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।
न्यौपानेले कागजात नभएको भन्दै रु २०० चिट काट्दा आफू पत्रकार भएको र भिडियो खिचेको बताउँदै सार्वजनिक रुपमा प्रचारप्रसार गरिदिने धम्की दिएका थिए । भिडियो प्रसारण नगरिदिन भन्दै हवल्दार सिंहले पटक÷पटक गरी न्यौपानेलाई रु एक लाख उपलब्ध गराएका थिए।
आयोगले हवल्दार सिंह र न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले उनीहरु विरुद्ध बिगो असुल र कैद सजायको समेत माग गरेको छ।
त्यस्तै आयोगले काठमाडौँ महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आरोपी खड्काले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसार तिर्नुपर्ने रकम तिर्न जाँदा कार्यालय सहयोगी खडका्ले रु दश हजार घुस मागेको अभियोग लागेको छ । कर तिर्ने काममा सहजीकरण गरिदिने भन्दै खडकाले घुस मागेको आयोगले जनाएको छ। रासस

प्रतिक्रिया