काठमाडौँको माइतीघर मण्डलमा ‘दलितलाई खै?’ अभियन्ताले प्रदर्शन गरेका छन्।
सिराहाको दलित बस्तीमा डोजर चलाएको विरोधमा अभियन्ताहरूले शुक्रबार दिउँसो काठमाडौँमा प्रदर्शन गरेका हुन्।
अन्तर्राष्ट्रिय जातीय विभेदविरुद्धको दिवस (२१ मार्च)का अवसरमा दलितका लागि दलित अभियान, नेपालले आयोजना गरेको उक्त विरोध कार्यक्रममा अभियन्ताहरूले जंजिरमा बाँधिएर प्रदर्शन गरेका थिए।
‘दलितलाई खै?’, ‘जातीय विभेद अन्त्य गर’ जस्ता प्लेकार्ड बोकेका उनीहरू माइतीघरदेखि बानेश्वरतसम्म प्रदर्शन गरेका थिए। संसद् भवन छिर्न अघि बढेका उनीहरूलाई प्रहरीले नयाँ बानेश्वर चोकमा रोकेको थियो।
निषेधित क्षेत्र तोड्न खोजेका प्रदर्शनकारी र रोक्न खोज्ने प्रहरीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो।













105
Shares

प्रतिक्रिया