माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार) देखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष पाँच लाख १४ हजार ७१ जना परीक्षार्थीले एसईई दिँदैछन्।
देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि उनीहरुले एसईई दिन लागेका हुन्।
परीक्षामा सहभागी हुनको लागि विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्नेक्रम सुरु भएको छ।
गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको कोर्डले जनाएको छ।
यस वर्षको एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षाकाे नतिजा आगामी असार ७ गते सार्वजनिक गर्ने बाेर्डकाे तयारी छ।
काठमाडौँको दरबार हाइस्कुलबाट परीक्षा दिन जाँदै गरेका विद्यार्थी









Shares

प्रतिक्रिया