समाज


खैरो हेरोइन र गाँजासहित बूढानीलकण्ठबाट २ जना पक्राउ

खैरो हेरोइन र गाँजासहित बूढानीलकण्ठबाट २ जना पक्राउ

नेपालखबर
चैत ६, २०८१ बुधबार १८:१५, काठमाडौँ

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटार एरियामा लागुऔषधस सहित दुई जना पक्राउ परेका छन्।

लागुऔषधको ओसार पसार तथा कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले दोलखाको बैतेश्वर गाउँपालिका–८ स्थायी वतन भई हाल बूढानीलकण्ठ–९ बस्ने मनिष भुजेल र अर्का एकजनालाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट खैरो हेरोइन जस्तो देखिने लेसिलो पदार्थ २२ ग्राम, लागुऔषध गाँजा जस्तो देखिने वस्तु ५०० ग्राम, डिजिटल तराजु थान–१ र नगद २९ हजार समेत फेला पारेको छ।

पक्राउ परेकाहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad