आज बिहीबार, ७ चैत २०८१ (२० मार्च २०२५)। हेर्नुस् आजको राशिफल-
मेष : घरव्यवहारमा झमेला आउन सक्छ। प्रेममा मनमुटाव हुनुका साथै मन कमजोर रहला। सामान हराउने वा चोरी हुने डर छ। रोकिएका काम साँझमा सजिलै सम्पादन हुनेछन्। वैदेशिक कार्य पनि राम्रो हुनेछ।
भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
वृष : प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। नयाँ कार्यको थालनी होला। पुराना साथीभाइसित भेटघाट हुनेछ। मिहिनेतको राम्रो नतिजा हात पर्नेछ। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। विदेशबाट खुसीको समाचार प्राप्त हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
मिथुन : दिन मध्यम खालको छ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। धैर्यतापूर्वक काम गर्नु पर्ने देखिन्छ। मित्रसँग रमाइलो भेटघाट पनि रहला।
भाग्यशाली रङ रातो हो भने अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कर्कट : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। धार्मिक कार्य सफल रहनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह : झिँजो लागेको यात्रामा झन् अनावश्यक झमेलामा परिएला। शरीर भारी र मन अस्थिर रहने संकेत छ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ। साँझको भेटघाट सुखद रहनेछ।
भाग्यशाली रङ खैरो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
कन्या : नयाँ व्यक्तिसँग छोटो र अर्थपूर्ण भेटघाट हुनेछ। भौतिक सुखमा बढोत्तरी होला। दाजुभाइ तथा दिदीबहिनीबाट सहायता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
तुला : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। कुनै समाचारले मनमा शान्ति छाउला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेमीको सहयोग पाइनेछ। नयाँ कामको थालनी हुनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
वृश्चिक : अधुरै छोडिएको कार्यको फेरि चर्चा चल्नेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग छ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ सेतो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
धनु : मिश्रित फल मिल्नेछ। कमजोर भएको अनुभूति हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। वैदेशिक कार्यमा उल्झन आउनेछ। शैक्षिक पक्ष कमजोर हुनेछ। सन्तान तथा पारिवारिक मेलमिलाप राम्रै रहनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
मकर : धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।
भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ : चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। सुखसुविधा भोग गर्न पाइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। शुभ कार्यमा मन जानेछ।
भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
मीन : प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। मित्रबाट विशेष सहयोग मिल्नेछ। लुकेको प्रतिभाको सहज विकास हुनेछ। सुखसुविधा भोग गर्न पाइनेछ।
भाग्यशाली रङ खैरो अङ्क २ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
Shares

प्रतिक्रिया