काठमाडौँमा बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले गेस्टहाउस सञ्चालकलाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका-१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेस्ट हाउस एन्ड रेस्टुरेन्टका सञ्चालक शम्भुलाल मल्ललाई प्रहरीले पक्रेको हो।
उनले आर्थिक लाभ र फाइदा लिई बालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीको दाबी छ।
गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरेको मानव बेचविखन ब्युरोले जनाएको छ।
उक्त गेस्टहाउसबाट २ जना बालिकाको पनि उद्धार गरी सुरक्षित आवासका लागि सेल्टर होममा पठाइएको छ।
होटल सञ्चालक मल्लविरुद्ध पीडित बालिकाले आवश्यक कारबाहीका लागि ब्युरोमा मंगलबार निवेदन दिएकी थिइन्।
मल्ललाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गर्न प्रहरीरीले अदालतबाट ५ दिनको म्याद लिएको छ।
2.0k
Shares

प्रतिक्रिया