वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमामा अनेरास्ववियुका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका अभिषेक शर्मा विजयी बनेका छन्।
वन विज्ञानमा एमाले अखिल र माओवादी निकट अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएका थिए्। अभिषेकले २ सय ३० मत पाए भने नेपाल विद्यार्थी संघका उत्तम हुमागाईंले १ सय ४८ मत पाए।
सचिवमा अखिल क्रान्तिकारीका गौरव खड्का २ सय २६ मत ल्याएर विजयी भए। उनका प्रत्यासी नेवि संघका दीपेन्द्रप्रसाद रौनियारले १ सय ४८ मत पाए।
कोषाध्यक्षमा अनेरास्ववियुका प्रतिभा श्रेष्ठ २ सय२४ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी जानकारी गुरधामीले १५४ मत ल्याइन्।
231
Shares

प्रतिक्रिया