समाज


राशिफल ६ चैत : वृषलाई रोजगारी मिल्ने, सिंह दुष्टको संगतले खतरामा पर्ने, तपाईँको के?

राशिफल ६ चैत : वृषलाई रोजगारी मिल्ने, सिंह दुष्टको संगतले खतरामा पर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
चैत ६, २०८१ बुधबार ४:३७, काठमाडौँ

आज बुधबार, ६ चैत २०८१ (१९ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : दोधारको अवस्था सिर्जना हुन सक्छ। नजिकका व्यक्ति टाढिन सक्छन्। अत: बोल्दा सावधानी अपनाउनु होला। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु उचित हुनेछ। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। अरूलाई नसताउने।

वृष : रोजगारीको अवसर मिल्नेछ। परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्राको योग छ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट लाभ हुनेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट : कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

सिंह : सुखदुःख बराबरी रहनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। दुष्ट व्यक्तिको सङ्गतले खतरामा पर्न सकिन्छ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

कन्या : अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक कार्य अघि बढ्ला। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। तनाव नलिने।

तुला : तीर्थाटनको योग छ। कार्य सम्पादनमा केही सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयर बजारमा फाइदा हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। साजसज्जाको क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ। पुराना काम पूरा हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

धनु : झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। सरकारी निकायको भय रहला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ। राजनीतिक कार्यमा बाधा आउनेछ। अभिभावकको आशीर्वादले काम गर्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ आकासे हो भने र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झट्टै अरूको विश्वास नगर्ने।

कुम्भ : आफन्तको प्रगतिमा मन रमाउनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। अरूको ईर्ष्या नगर्ने।

मीन : नयाँ योजना बन्नेछ। शुभकार्यको चर्चा चल्नेछ। अधुरा कार्य पूरा हुनेछन्। रमाइलो यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुनेछन्। समग्रमा दिन सकारात्मक रहनेछ।

भाग्यशाली रङ निलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad