समाज


हिमताल संरक्षणका लागि बजेट विनयोजन गरिन्छ : ऊर्जामन्त्री खड्का

हिमताल संरक्षणका लागि बजेट विनयोजन गरिन्छ : ऊर्जामन्त्री खड्का

नेपालखबर
चैत ४, २०८१ सोमबार १२:३७, काठमाडौँ

उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले हिमतालहहरूको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताएका छन्। 

सोमबार ललितपुरमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताहलाई सम्बोधन गर्दै उनले बजेटमा समावेश गरेर हिमतालहरूको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन्। 

यसका लागि आवश्यक प्रबन्ध मिलाउन सचिवहरूलाई निर्देशन दिए। उनले हिमताल फुटेपछि विकराल समस्या आउने भन्दै यसमा समयमै ध्यान दिनुपर्ने बताए। 

‘यस पटक बजेटमा समावेश गरेर हिमतालहरूको संरक्षण गर्न आवश्यक छ। यस पटक बजेट निर्माण गर्दा सचिवज्युहरूले ध्यान दिनुहोला। यसका जोखिमबाट उत्पन्न हुने समस्या विकराल हुन्छ। थामेलगायतका स्थानमा हामीले हिमताल फुटेर भएको क्षति हेरिसकेका छौँ,' उनलेल भने, 'सबै हिमतालहरू जोखिममा नै छन्। भरपर्दो स्ट्रक्चर छै, हिउँ नै हो। यो फुटिसकेपछि आयोजनामा क्षति मात्रै हुने होइन, मानवीय क्षति पनि त्यत्तिकै बढ्छ। त्यसैले दोहोरो, तेहोरो चपेटामा आज नेपाल छ। यसलाई जोगाउने, संरक्षण गर्ने, सबै देशलाई आह्वान गर्ने नेपालको दायित्व बनेको छ। कारण नेपाल होइन, ठूला र विकसित राष्ट्र हुन्। गम्भीर रुपमा लिएर हामीले अहिले जलश्रोत विधेयक चाँडै पारित गर्दैछौँ।’

मन्त्री खड्काले जलश्रोतको संरक्षण तथा मौसम परिवर्तनको प्रभाव न्यूनीकरण गर्न दीर्घकालीन नीति निर्माण हुनु आजको अपरिहार्य आवश्यकता भएको बताए। सरकारले सञ्चालन गरिरहेको जल तथा मौसम सम्बन्धी पूर्वअनुमान प्रणालीहरू डिजिटल प्रविधिसँग समायोजन गर्दै प्रभावकारी आपत्कालीन व्यवस्थापन प्रणाली स्थापना गर्ने सरकारको प्राथमिकता रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad