समाज


लकडाउनका बेला भारतद्वारा गरिब मजदुरका लागि २२ अर्ब डलर राहत प्याकेजको घोषणा

लकडाउनका बेला भारतद्वारा गरिब मजदुरका लागि २२ अर्ब डलर राहत प्याकेजको घोषणा

नेपालखबर
चैत १३, २०७६ बिहिबार १०:४९,

पुरा भारत नै ठप्प पारिएको अवस्थामा सरकारले सबै नागरिकलाई घरभित्र बस्न आग्रह गरेको छ।

लकडाउनपछि दैनिक मजदुरी गरेर खाने मानिसहरु र गरिब घर परिवारहरु मारमा परेपछि भारतले गरिब र मजदुरका लागि भन्दै साढे २२ अर्ब अमेरिकी डलरको राहत प्याकेज घोषणा गरेको छ।

बिहीबार भारतका अर्थमन्त्री निर्मला सिथारमनले एक पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले लकडाउनबाट प्रभावित गरिब र मजदुर लक्षिण २२ अर्ब ६० करोड अमेरिकी डलरको राहत प्याकेज ल्याएको जानकारी दिइन्।

उक्त राहत प्याकेजले कोरोनाविरुद्ध उपचारमा खटेका स्वास्थ्यकर्मीको इन्स्युरेन्सको व्यवस्था पनि गरेको छ। प्रत्येक स्वास्थ्यकर्मीको ६६ हजार ४ सय अमेरिकी डलरको इन्स्युरेन्स गरिएको जनाइएको छ। यस व्यवस्थाले २० लाख मानिस लाभान्वित हुने जनाइएको छ।

यही राहत प्याकेज अन्तर्गत सरकारले ८० करोड मानिसलाई प्रत्येक महिना ५ केजी चामल सित्तैमा वितरण गर्नेछ। तीन महिनामा तीनपटक चामल वितरण गरिनेछ।

यस्तै महात्मा गान्धी राष्ट्रिय ग्रामिण रोजगार ऐन अन्तर्गत रोजगारीमा आवद्ध भएका मजदुरको तलब २६ डलरले बढाइने छ।

गरिब, एकल महिला, निर्माण क्षेत्रका मजदुर सबैका लागि राहत छुट्याइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .