समाज


कोरोना संक्रमित दक्षिण कोरियाकी ९६ वर्षीया यी आमा उपचारपछि भइन् पूर्ण स्वस्थ

कोरोना संक्रमित दक्षिण कोरियाकी ९६ वर्षीया यी आमा उपचारपछि भइन् पूर्ण स्वस्थ

नेपालखबर
चैत १३, २०७६ बिहिबार १०:४९,

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित ९६ वर्षीया महिला उपचारपछि पूरै स्वस्थ भएकी छन्।

दक्षिण कोरियाली स्वास्थ्य अधिकारीका अनुसार कोरोनाको संक्रमणमा परेकी देइगु सहरको चेङ्दो क्षेत्र निवासी ९६ वर्षीया ह्वाङ उपचारपछि पूरै निको भएकी हुन्। ।

उनी उपचारपछि स्वस्थ हुनेमा दक्षिण कोरियाकी अहिलेसम्मकै पाको उमेरकी हुन्।

यही मार्च १३ मा स्वास्थ्य परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएकी उनको उपचार पोहाङ पब्लिक क्लिनिकमा भएको हो।

कोरियाली सञ्चारमाध्यमका अनुसार उनी अहिले आफ्नै घरमा सेल्फ क्वारेन्टिनमा बसिरहेकी छन्।

चिकित्सकले ६० वर्षभन्दा माथि उमेरमका मानिसलाई कोरोना संक्रमणको बढी जोखिम रहेको बताइरहे पनि विश्वमा यसभन्दा माथि उमेरका धेरै संक्रमित उपचारपछि निको भइरहेका छन्।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad