समाज


१० वर्षकी बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

१० वर्षकी बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

आरोपित सशस्त्र प्रहरीका सईलाई नियन्त्रणमा लिइएको बेलाको दृश्य


नेपालखबर
चैत १, २०८१ शुक्रबार १५:११, काठमाडौँ

महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा महोत्तरीमा स्थानीयले सशस्त्र प्रहरीको कार्यालय घेरेका छन्।

शुक्रबार बिहान मन्दिरमा पूजा गर्न गएकी बालिकालाई रेल्वेट्र्याक सुरक्षा पोस्टमा कार्यरत सई धर्मेन्द्रसिंह महतोले बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको स्थानीयको आरोप छ। 

सईले हप्काउँदै जबर्जस्ती करणीको प्रयास गरेको भन्दै बालिका चिच्याएपछि स्थानीय भेला भएका थिए।

लोहरपटी गाउँपालिकाका वडाध्यक्ष श्याम यादवले त्यसपछि स्थानीयले सईलाई कारबाही गर्न माग गर्दै उक्त पोस्ट घेराउ गरेको बताए। 

अहिले सई महतोलाई सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नेपाल प्रहरीले भने पीडित पक्षको जाहेरी प्राप्त भइनसकेको बताएको छ।

जाहेरी आएपछि थप कारबााही अगाडि बढाइने महोत्तरी प्रहरीले जनाएको छ।

सई महतो पहिले पनि ती बालिकाको घरमा आउजाउ गर्ने गरेको पीडितलाई उधृत गर्दै वडाध्यक्ष महतोले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad