समाज


उच्छृंखल गतिविधि गरेको आरोपमा २४ जना प्रहरी नियन्त्रणमा, १४३ सवारी ‘होल्ड’

उच्छृंखल गतिविधि गरेको आरोपमा २४ जना प्रहरी नियन्त्रणमा, १४३ सवारी ‘होल्ड’

नेपालखबर
फागुन २९, २०८१ बिहिबार १७:१८, काठमाडौँ

काठमाडौँमा होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा प्रहरीले आज ट्राफिक जाँचमा कडाइ पनि गरेको छ। ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १३८ दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी पाँचवटालाई पनि नियन्त्रणमा लिएको छ।  

नियन्त्रणमा भएका सवारीमध्ये ४२ वटा दुई पाङ्ग्रे र १ वटा चारपाङ्ग्रेलाई छोडिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए। 

उनका अनुसार अझै १०३ सवारी प्रहरी नियन्त्रणमै छन्। 

रङहरूको पर्व होली आज पहाडी क्षेत्रमा एकआपसमा रङ दलेर मनाइँदैछ। शुक्रबार तराई क्षेत्रमा होली मनाइन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad