समाज


भारतमा लकडाउनका बेला दूध किन्न गएका युवालाई प्रहरीले कुटे, अस्पतालमा ज्यान गयो

भारतमा लकडाउनका बेला दूध किन्न गएका युवालाई प्रहरीले कुटे, अस्पतालमा ज्यान गयो

नेपालखबर
चैत १३, २०७६ बिहिबार ८:५४,

बुधबार प्रहरीको कुटाइबाट घाइते भएका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इन्डिया टुडेले जनाएको छ।

पश्चिम बंगालका ३२ वर्षका लाल स्वामी नाम गरेका व्यक्तिको ज्यान गएको हो। उनी होरा क्षेत्रका बासिन्दा थिए।

गत मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन देश लेकडाउन गरेको घोषणा गरेका थिए। कोरोना भाइरस संक्रमणको खतरा उच्च भएकाले उनले कसैलाई पनि घरबाट ननिस्कन आग्रह गरेका थिए।

बुधबार दूध लिन निस्किएका लाल स्वामीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै कुटपिट गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

कुटपिटबाट घाइते भएका उनको अस्पताल लगिएको थियो। अस्पतालमा लाल स्वामीको निधन भएको घोषणा गरिएको थियो।

प्रहरीले भने लाल स्वामीलाई हृदयघात भएका कारण उनको ज्यान गएको प्रतिक्रिया जनाइरहेका छन्।

हालसम्म भारतमा कोरोना भाइरसका कारण १५ जनाको मृत्यु भएको छ। कोरोनाले त्यहाँ ६ सय ८१ बिरामी परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad