ad ad

समाज


कोरोना संक्रमित महिलासंगै कतार एयरलाइन्समा आएका कञ्चनपुरका एक जना क्वारेन्टाइनमा

कोरोना संक्रमित महिलासंगै कतार एयरलाइन्समा आएका कञ्चनपुरका एक जना क्वारेन्टाइनमा

गोकुल जोशी
चैत १३, २०७६ बिहिबार ५:३८,

कञ्चनपुरको दोधारा–चाँदनीका एक जनालाई घरमै क्वारेन्टाइनमा राखिएको छ। दोधारा–चाँदनीका ती मानिस नेपालमा भेटिएकी कोरोना संक्रमित १९ वर्षीय महिलासंगै कतार एयरलायन्सबाट आएको खुलेको छ।

चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएका एक सय ५८ जनामध्ये फ्रान्सबाट कतार हुँदै आएकी ती युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि सो एयरलाइन्सबाट आएका अरुको खोजी गरिएको हो।
कतार एयरलाइन्सबाट आएका कञ्चनपुरको दोधारा–चाँदनीका एक जनालाई होम क्वारेन्टाइनमा राखिएको महाकाली अस्पतालका डा.सरोज आचार्यले जानकारी दिए।

‘चैत्र ४ गते कतार एयरलाइन्सबाट आएका दोधारा–चाँदनीका एक व्यक्तिलाई होम क्वारेन्टाइनमा राखिएको छ। त्यस्तो लक्षण त केही देखिएको छैन् तर एउटै जहाजमा आएका मानिसलाई संक्रमण देखिएपछि जोखिम भने हुन्छ, त्यसैले होम क्वारेन्टाइनमा राखिएको छ,’ उनले भने।

एउटै उडानमा आएका हुनाले जोखिम रहेकाले ती मानिसको स्क्रिनिङ तथा नमूना लिने तयारी भइरहेको डा. आचार्यले बताए।

यसअघि बुधवार नै भारतको बैंगलोरबाट फर्किएका झलारीका एक जना पुरुषलाई उच्चज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

भारतको बैंगलोरबाट फर्किएका शुक्लाफाँटा झलारीका उनलाई उच्चज्वरो देखिए पछि अस्पतालको आइसोलसन वार्डमा भर्ना गरिएको मेडिकल सुपरभाइजर नारद भट्टले बताए।

‘दुई दिनदेखि उच्च ज्वरो थियो, कोरोना भाइरसको आशंकामा अस्पताल ल्याएका छौँ,’ उनले भने।

यो संगै कोरोना भाइरसको आंशकामा महाकाली अस्पतालमा पाँच जना भर्ना भएका छन्।

यसअघि गड्डाचौकी नाका भएर भित्रिएका तीन जनालाई चेकजाँचका क्रममा ज्वरो उच्च देखिएपछि महाकाली अस्पताल भर्ना गरिएको थियो।

उनिहरुमध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ। नेगेटिभ रिपोर्टको अर्थ उनमा कोरोना संक्रमण छैन। अन्य दुई जनाको रिर्पोट आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .