समाज


राशिफल २४ फागुन : कुम्भले अरूमाथि प्रभुत्व जमाउने, कर्कटले मित्रबाट हैरानी खेप्नुपर्ने, तपाईँको के?

राशिफल २४ फागुन :  कुम्भले अरूमाथि प्रभुत्व जमाउने, कर्कटले मित्रबाट हैरानी खेप्नुपर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
फागुन २४, २०८१ शनिबार ४:३८, काठमाडौँ

आज शनिबार, २४ फागुन २०८१ (८ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन् पारिवारिक सद्भाव बढ्नेछ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। पहेँलो रङको प्रयोग नगर्ने।

वृष : घरायसी कार्य अगाडि बढ्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। मनोरञ्जनमा सहभागी भइनेछ। कतै भ्रमणको योजना पनि बन्नेछ। वैदेशिक लगानी त्यति भरपर्दो रहन्न।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : दैनिक काम अगाडि बढ्नेछन्। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट : मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। काम गर्दा ख्याल गर्नुहोला। साँझमा परिवारजनको साथले नयाँ आशा पलाउनेछ। नयाँ काममा हात हाल्ने समय छ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

सिंह : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : इच्छा, आकाङ्क्षा पूर्ण हुने छन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। आम्दानी बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्रा हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्न सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। मनमा दुबिधा उत्पन्न होला। यात्रा कष्टकर हुन सक्छ, सचेत रहनु होला। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु : विश्वासपात्रले सहयोग नै गर्नेछन्। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। स्वास्थ्यमा सुधार आउला।

भाग्यशाली रङ खैरो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : रमाइलो यात्राको योग छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ गुलाबी र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले मनमा असल भाव राख्ने। छलकपट नगर्ने।

कुम्भ : कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ। सफलताको सिँढी चढिएला।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मीन : समस्या समाधानका लागि चालिएका कदम निरर्थक हुन सक्छन्। यात्रामा सावधानी अपनाउनु होला। बोलीको विपरीत अर्थ लाग्न सक्छ। स्वास्थ्यको ख्याल गर्नु पर्छ। साँझमा धनलाभ हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad