समाज


गाईघाटमा बोलेरोले दिदीबहिनीको ज्यान लियो, बहिनीको शव सडकमै

गाईघाटमा बोलेरोले दिदीबहिनीको ज्यान लियो, बहिनीको शव सडकमै

नेपालखबर
फागुन २२, २०८१ बिहिबार २१:४५, काठमाडौँ

उदयपुरको गाइघाटमा बोलेरेको ठक्करबाट दिदीबहिनीको ज्यान गएको छ। 

बिहीबार साँझ त्रियुगा नगरपालिका १२ डिएम गेटनजिकै प्र नं १–०५–००१ च ००९१ नम्बरको बोलेरेले घरको पेटीमा खेलिरहेका दिदीबहिनीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

गाईघाटस्थित हिमशिखर फर्निचरको बोलेरोको ठक्करबाट सप्तरीको राजविराज घर भई हाल गाइघाटमा डेरा गरी बस्ने ललन दासका १२ वर्षकी छोरी देवकुमारी र १४ वर्षकी अनुकुमारी दासको मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताए।

अनुको शव जिल्ला अस्पतालमा छ। तर बहिनी देवीकुमारीको शव भने सडकमै छ। स्थानीयले शव उठाउन दिएका छैनन्।

सवारी चालक त्रियुगा नगरपालिका ९ गैरुनका १८ वर्षका निर्जल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad