समाज


टिकाथलीमा बोरिङ खन्दा निस्किएको ग्यास अध्ययन गर्दै खानी विभाग

टिकाथलीमा बोरिङ खन्दा निस्किएको ग्यास अध्ययन गर्दै खानी विभाग

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १३:५९, काठमाडौँ

टीकाथलीमा पानीको लागि खनिएको बोरिङ खन्दा निस्किएको ग्यासबारे अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली पुगेको छ। आज (मंगलबार) बिहान बोरिङको लागि पाइप गाड्दा ग्यास निस्किएर आगो लागेको थियो।

काठमाडौँ उपत्यकाको जमिनमूनि ग्यासहरू रहेकोबारे वर्षौँ पहिलेको अध्ययनले देखाएको खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झाले बताइन्।

'४० वर्ष वर्षअघिकै अध्ययनले काठमाडौँमूनि ग्यास छ भन्ने त देखाइसकेको छ,' उनले नेपालखबरसँग भनिन्, 'यहाँ पनि बोरिङ खन्दा बिहान ग्यास निस्कियो। तर आगो कसरी लाग्यो भन्ने चाहिँ सोधखोजको विषय हो। ग्यास निस्किँदैमा आगो चाहिँ लाग्दैन। पक्कै पनि लगाइएको हुनुपर्छ।'

करिब तीनसय मिटर खनिसकेपछि ग्यास निस्किएको बताइएको छ। आज ‍बिहान ९:३० बजे उक्त ग्यासमा आगो लागेको थियो। अहिले आगो नियन्त्रणमा लिइसकिएको छ।

'आगो कसरी लाग्यो त्यो अनुसन्धानको विषय होला,' उनले भनिन्, 'अहिले त्यहाँ विभागको टोली पुगेको छ। कति ग्यास छ। फेरि सोही ठाउँबाट ग्यास निस्किन्छ या सकियो भन्नेबारे अध्ययन हुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad