भैरहवास्थित जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकले आश्वासन दिएका छन्।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँसँगको छलफलपछि गृहमन्त्री लेखकले कारागार स्थानान्तरणका लागि बजेट सुनिश्चित गर्दै प्रक्रियाअघि बढाउने आश्वासन दिएका हुन्।
छलफलका क्रममा भैरहवास्थित जिल्ला कारागारको हालको जग्गा नगरपालिकालाई हस्तान्तरण गरी बदलीमा नगरपालिकाले अन्यत्र उपयुक्त जग्गा प्रदान गर्ने प्रस्ताव नगरप्रमुख खाँले गृहमन्त्री लेखक समक्ष प्रस्ताव राखेका थिए।
गृहमन्त्री लेखकले नगरप्रमुख खाँको प्रस्ताव सकारात्मक रहेको भन्दै कारागारका लागि नयाँ भवन निर्माण गर्न बजेट सुनिश्चित गरी स्थानान्तरणको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए। नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा भाग लिन उनी भैरहवा आएका हुन्। रासस
Shares

प्रतिक्रिया