कारोबार


नेपालमा एलएस अटोको पहिलो मोडल सार्वजनिक

नेपालमा एलएस अटोको पहिलो मोडल सार्वजनिक

नेपालखबर
फागुन १९, २०८१ सोमबार २०:१, काठमाडौँ

नेपालमा एलएस अटोले पहिलो मोडल सार्वजनिक गरेको छ।

नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटोको एल ईभी ०९ नेपाल भित्रिएको हो।

२५ वर्षदेखि विभित्र ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन गरिरहेको कम्पनीले नयाँ गाडी ल्याएको छ।

एलईभी सिरिज कम्पनीले पहिलो मोडेलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी रहेको छ।

स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७।१२ किलोवाट आवरको व्याट्री प्याक रहेको छ। यी इभीमा ९९ किलोवाटको फ्रन्ट हील ड्राइभ मोटर रहेको छ। यो मोटरले ३०० न्यूटन मिटरको टर्क उत्पन्न गर्छ।

एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ। ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लैड ब्याट्री भन्दा ८ प्रतिशतले बढी  रहेको दाबी छ।  एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ। ९९ किलोवाटको मोटर रहेको छ।

प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ।

लेदरेट स्टेरिङ ह्रील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्‌जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू रहेको छ।

सुरक्षा फिचर्समा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, कूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू रहेको छ।

युरो एनक्यापबाट क्यास टेस्टमा ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ।

नेक्सन भेन्वरले स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको  मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ।

एलएस अटोले सन् २०२५ मा थप दुई मोडेलहरू एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ।  एलईभी ०३ एक प्रिमियम कसओभर इलेक्ट्रिक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो।

कम्पनीको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्ने कारखाना रहेको छ।

कम्पनीले यूरोपेली बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्दैछ। कम्पनीले अहिलेसम्म नेपालसहित मौरिसरा, टर्की, इजिए, नाइजेरिया, कजाकिस्तान लगायतका  देशमा आफ्नो उपस्थिति जनाइसकेको छ।

कम्पनीले काठमाण्डौ बालुवाटार स्थित चिनियाँ दूतावास नजिकै शोरुम सञ्चालन गरिसकेको छ।  ललितपुरको बालकुमारीमा पनि शोरूम सञ्चालन गर्दैछ। काठमाण्डौको मनमैजुमा सर्भिस सेन्टर समेत स्थापना गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad