संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी), महिला समितिकी सदस्य सीता लामाले श्रम बजारमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न सरकारसँग माग गरेकी छन्।
आइतबार जेटीयूसीसी महिला समिति चौथो राष्ट्रिय सम्मेलनपछि उनले यस्तो बताएकी हुन्। उनले श्रम बजारको कार्यथलोमा महिलामाथि हुने र विभेद व्याप्त रहेको उल्लेख गरिन्। उनले महिलाहरुको न्यूनतम पारिश्रमिक समेत बढाउनुपर्ने बताइन्।
महिलाहरूलाई अवसर नदिएकै कारण मुलुकको अर्थतन्त्रमा सहयोग गर्न नसकेको कारण राज्यले बुझिदिनुपर्ने उनको भनाइ छ।
उनले भनिन्, ‘समान कामको समान ज्याला छैन। महिलाहरु अझैपनि विभेदमा छन्। कार्यथलोमा हिंसा व्याप्त छ, कार्यथलोमा विभेद व्याप्त छ। लिंगको आधारमा अवसर र पारिश्रमिकमा गरिने विभेद छ त्यो कुरालाई सम्बोधन गर्नुपर्छ। महिलाहरुलाई पनि न्युनतम ज्याला चाहिन्छ भन्ने कुरा उठिरहेको छ। यसमा न्युनतम पारिश्रमिक बढाउनु पर्छ। महिलाहरुले मुलुकको अर्थतन्त्रमा सहयोग गर्न सकिरहेका छन्। यो कुरा पनि राज्यले बुझिदिनुपर्छ।’
श्रमिकहरूलाई स्थानीय तहमा पञ्जिकरण गर्नुपर्नेमा अध्यक्ष लामाको जोड छ।
Shares

प्रतिक्रिया