राजनीति


नेताहरूले नैतिक चरित्र पुनःस्थापित गरौँ : मन्त्री पाण्डे

नेताहरूले नैतिक चरित्र पुनःस्थापित गरौँ : मन्त्री पाण्डे

नेपालखबर
फागुन १८, २०८१ आइतबार १९:४८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राजनीतक दलका नेताहरुले नैतिक चरित्र पुनःस्थापित गर्नुपर्ने बताएका छन्।  

शनिबार काठमाडौँमा आयोजित मेटेरियल एण्ड कल्चरल एडभान्समेन्ट दी प्याक्टिस अफ चाइना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले चीनका राष्ट्रपति सि जिन पिङले अघि सार्नुभएको नैतिकताको विचारलाई वर्तमान सन्दर्भमा नेपालका राजनीतिक दलका नेताहरुले अनुशरण गर्नुपर्ने बताउनु भयो। उनले भौतिक विकासले मात्रै आत्मसन्तुष्टि दिन नसक्ने भएकाले आत्मिक विकासका लागि पूर्वीय दर्शनले निर्देश गरेको बताए।  

‘आज दुनियाँले मानव सभ्यताले भौतिक विकास त गर्‍यो नै तर भौतिक विकासबाट सन्तुष्ट छैन मानव ।मानवले आत्मिक विकास, आत्मसन्तुष्टिको विषय जुन हाम्रो दर्शनले हामीलाई निर्देशित गरेको कुरा हो,' उनले भने,'परोपकार पुण्याय, वसुधैव कुटुम्वकम यो हाम्रो संस्कृतिको महत्वपूर्ण पुँजी हो, सम्पती हो । हामी नेपालीले कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङले जुन विचार अगाडि सार्नुभएको छ हामी हाम्रा राजनीतक दलहरुले पनि यो विचारलाई जनस्तरमा पुर्‍याउनु पर्नेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad